2 888 024 libros electrónicos en 110 idiomas
¿No le conviene? No hay problema. Puedes devolver los artículos hasta 30 días
No se equivocará con un vale de regalo. El destinatario puede elegir cualquier producto de nuestra oferta.
Hasta 30 días para devoluciones
लोकरञ्जन पराजुली ऐतिहासिक समाजशास्त्री हुन् । जर्मनीको बिलेफेल्ड विश्वविद्यालयबाट समाजशास्त्रमा विद्यावारिधि गरेका पराजुलीको लेखन-सहलेखन, सम्पादन-सहसम्पादनमा दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् ।
नेपालका दुई प्रतिष्ठित जर्नल स्टडिज इन नेपाली हिस्ट्री एन्ड सोसाइटी (सिन्हास ) र समाज अध्ययनका उनी सम्पादक हुन् । नेपाली समाज, शिक्षा, इतिहास र राजनीतिबारे उनी गहिरो ज्ञान राख्छन् ।
नेपालको इतिहासमा वि. सं. २००७ को परिवर्तन ठूलो क्रमभङ्ग हो । 'रैती ' हरूलाई सार्वभौम नागरिकका रूपमा स्वीकार गरियो । बोल्न - पढ्न - लेख्न - छाप्न तथा संगठित हुन पाइने स्वतन्त्र वातावरणले भुइँ तहसम्म ठूलो उत्साह ल्यायो । सामाजिक संघ-संगठन, मिडिया, स्कूल-कलेज-पुस्तकालय आदि क्षेत्रमा त उथलपुथल नै भयो । त्यस्तो युगान्तकारी परिवर्तनका सामाजिक आधार र आयाम यस पुस्तकमा खोतलिएको छ ।
¡Hola! Soy Libroamiko, tu asesor de libros.
¿Cómo puedo ayudarte?